१० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ



बारा: १० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत संखुवासभाकाे दुर्इ वर्षे कैद फैसलामा फरार रहेका राजकुमार गोले साेमबार लुकिरहेकाे अवस्थामा पक्राउ परेका हुन् ।

 

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-२१ बस्ने गोले २०७५ मंसिर १४ गतेबाट फरार रहेका थिए । उनलार्इ जिल्ला अदालत बाराकाे अाइतबारकाे अादेश अनुसार कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्