प्रतिवद्धतावाट पछी हट्यो श्री एयरलायन्स



राजविराज: श्री एयरलायन्सले राजविराज विमानस्थलमा विमान सेवा कटौती गरेको छ । नियमित उडान सुरु गर्दा मंगलबार र शनिबार बाहेक सातामा पाँच दिन उडान गर्ने सहमति गरेको श्री एयरलायन्सले २ दिन कटौती गरि सोमबार, बुधबार र शुक्रबार मात्र उडान गर्ने जनाएको हो ।

 

गत जेठमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नयाँ रनवेको उद्घाटन गर्ने क्रममा एयरलायन्सले पाँच दिन उडान गर्ने प्रतिवद्धता गरेको थियो । बन्द भएको ११ वर्ष पछि गत असारमा राजविराज विमानस्थल सञ्चालनमा आएको हो ।

 

नियमित उडान सुरु भएको ६ महिना नबित्दै बिमान कम्पनीले सेवा कटौती गरेपछि स्थानीयबासिन्दा निरास भएका छन् ।

 

गणेशमान सिंहले बि.स. २०१६ उद्घाटन गरेको विमानस्थल सञ्चालन हुने र बन्द हुने क्रम लामो समय चलेको थियो । बि.स. २०६४ साल देखि विमानस्थल पुर्ण बन्द रहेको विमानस्थलमा गत असार १ गतेबाट श्री एयरलाइन्स नियमित उडान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्