बालिका बलात्कार गरी फरार रहेका कर्मचारी पक्राउ



दाेलखा : तामाकोसी गाउँपालिकाकी ५ वर्षीया बालिका बलात्कार गरी फरार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारी कमल बजगार्इं पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाईं फरार भएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले बिहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईंलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भइसकेको छ । तर, फरार रहेका बजगाईंले विभिन्न व्यक्ति प्रयोग गरी बलात्कारको मुद्दा फिर्ता गराउन र पैसा दिएर मिलाउन पीडित परिवारलाई ठूलो दबाब दिँदै आएका थिए । पाठकका अनुसार फरार रहेका बजगाईंलाई नियन्त्रणमा लिन प्रहरीले ठूलो मेहनत गर्नुपरेको थियो ।

खानेपानी कार्यालयमा करारका कर्मचारी बजगाईं पहुँचको धाक लगाई करार अवधि सकिए पनि जबर्जस्ती हाजिर गर्दै आएका थिए । १७ भदौदेखि कार्यालय नगएका उनले २१ गते सम्मको हाजिर पहिले नै गरेको पाइएको कार्यालय प्रमुख डिभिजन इन्जिनियर चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्