अवैध लागू औषध सहित एक पक्राउ



महानगरीय प्रहरी वृत्त कालिमाटीको विशेष टोलीले  अवैध लागू ९०० एम्पलसहित पक्राउ गरेको छ । बल्खु  सडकमा शंकास्पद रुपमा  झोला बोकी हिडिँरहेको अवस्थामा झोला चेकजाँच गर्दा  पर्सा वीरगन्ज महानगरपालिका वडा नं।२८ बगही बस्ने १९ वर्षका सुवास यादबलार्इ प्रहरीले पक्राउ गरेको हो ।

झोलामा लुकाई छिपाई राखेको डाईजेपाम ३०० एम्पल, नुर्फिन ३०० एम्पल र फेनारगन ३०० एम्पल गरि जम्मा ९०० एम्पल  लागू औषध फेला परेको प्रहरीले जानकरी दिएको छ ।

प्रहरीले उनलार्इ नियन्त्रणमा लिई मनप्र वृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्