सभापतिको अधिकारबारे युवा नेता विभाजित



काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी सभापतिको अधिकारको विषयलाई लिएर विभाजीत भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका युवा केन्द्रीय सदस्यहरू पार्टी नयाँ विधानमा सभापतिलाई दिने अधिकारका विषयमा विभाजित बनेका हुन् ।

पार्टी विधानमाथि जद्रीय समितिको मंगलबारको छलफलमा सहभागी सदस्यहरूले पदाधिकारी संख्या थप गर्नुपर्ने र गर्नु नहुनेमा पनि विभाजित भएका छन् । थपिएका पदाधिकारी चयनबारे केन्द्रीय सदस्य धनराज गुरुङ र अर्का सदस्य गगनकुमार थापाबीच पनि मत विभाजित भएको छ ।

केन्द्रीय सदस्य गुरुङले पार्टी पदाधिकारीको प्रत्यक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिए । तर टिकट वितरण गर्ने संसदीय समिति पार्टी सभापतिलाई नै मनोनित गर्ने अधिकार दिनुपर्ने तर्क गर्दै उनले भने, ‘सभापतिले चाहेको व्यक्ति टिकट वितरण समितिमा राख्नुहुन्छ । पहिलो पार्टी बने सभापति नै प्रधानमन्त्री बन्ने हारे नैतिकताको आधारमा नेतृत्व छाड्ने व्यवस्था हुनपर्छ ।’

क्षेत्रीय प्रतिनिधिबाटै सभापति निर्वाचित हुने व्यवस्था विधानमा गर्नुपर्ने तर्क अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई दिनुपर्छ ।’

सभापतिले चाहेको व्यक्तिलाई पदाधिकारीमा मनोनित गर्दै आएको दाबी गर्दै अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले सभापतिलाई नै पदाधिकारी मनोनित गर्ने अधिकार दिनुपर्ने धारणा राखे । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्