
काठमाडौं : गुणस्तर तथा नापतौल विभागले बाराको विजय आयल स्टोरका सञ्चालक सिन्दुदेवीलाई तीन महिना कैद तोकेको छ ।
सफ्टवेयर जोडेर उपभोक्ता ठगेको पुष्टि भएपछि क्षेत्रीय कार्यालयले ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।
ठगी अभियोगमा पम्प सञ्चाकलाई कैद सजाय तोकिएको यो पहिलो पटक हो । गोठाटारमा रहेको भद्रकाली पम्पलाई विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।