बलात्कारीलाई नाै वर्ष जेल



मड्रिड : स्पेनका एउटा अदालतले यौन दुर्व्यवहार गर्ने पाँचजनालाई नौ वर्ष जेल सजायको फैसला सुनाएकाे छ । एकजना महिलालाई सामूहिक यौन दुर्व्यवहार गरेको ठहर गर्दै अदालतले उनीहरूलाई बुधबार जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् । 

 

उनीहरूमध्ये केहीले ती महिलालाई सामूहिकरूपमा बलात्कारसमेत गरेको पाइएको अदालतको ठहर छ । बलात्कारमा परेकी महिलाको उमेर १८ वर्ष रहेको र पाम्प्लोनामा रहेको एउटा आवासीय भवनको प्रवेशद्वारमा घटना भएको समाचार एजेन्सीले जनाएका छन् । 

 

एक हप्ता लामो ‘सान फेरमिन बुल रनिङ’ पर्वको बेला सन् २०१६ को जुलाई ७ मा बलात्कारको घटना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्