राष्ट्रपतिका कारण १५ मिनेट आकाशमै घुमिरहे जहाज



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रपति विद्यादेवी भण्डारीको जहाज ल्यान्ड गराउने भन्दै ल्यान्ड हुन लागेको भन्दै उडान र अवतरण बन्द गराएको छ ।

 

राष्ट्रपति पोल्यान्ड भ्रमण सकेर आज स्वदेश फर्किएकी हुन् । अवतरण हुन नपाएपछि केही जहाज १५ मिनेट आकाशमै उडेका थिए । 

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब एक दर्जन जहाजले नेपाली आकाशमा फन्को मारिरहँदा हवाई यात्रुहरू समयमै गन्तव्यसम्म पुग्न सकेका छैनन् । 

‘राष्ट्रपतिको जहाज ल्यान्डिङ हुने भन्ने थाहा पाएपछि हामीले १५ मिनेट अन्य जहाजलाई आकाशमै होल्ड गरेका हौं,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षत्रीले भने, ‘राष्ट्रपति सवार जहाज ल्यान्ड भइसकेको छ । अब विमानस्थल सामान्य अवस्थामा आउँछ ।’

राष्ट्रपति भण्डारी पोल्यान्डमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्