अब विद्यालय पाठ्यक्रममा चिनियाँ भाषा पनि



काठमाडौं : सरकारले विद्यालय तहको पाठ्यक्रममा चिनियाँ भाषा समावेश गर्ने भएको छ । यो जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएका हुन् । यससम्बन्धी निर्णय सरकारले गरिसकेको मन्त्री पोखरेलले बताए ।

 

चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीले आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थी सक्षम हुने विश्वास व्यक्त गरे ।

 

मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा पनि गरे । उनले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीलाई ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धि अभियानमा योगदान गर्न आग्रह गरे । 

 

मन्त्री पोखरेलले राष्ट्रको आवश्यकता धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्