भाेजपुरमा भेटिए १ सय ८९ वर्षका वृद्ध



भोजपुर : समाजमा सय वर्ष उमेर काटेको मान्छे प्रायः कमै मात्र भेटिन्छन् तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । ती व्यक्ति उमेर अनुसार बूढा भने छैनन् । उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पूरा भएको छ ।

 

सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा विसं १८८६ रहेको छ ।

 

राईको २०४१ साल चैत ५ गते भोजपुर जिल्लाबाट जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् ।

 

नागरिकता सच्याउन २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्