राप्तीमा नुहाउँदा डुबेर मृत्यु



काठमाडाैं : दाङकाे राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती नदीमा नुहाउने क्रममा एक युवतीकाे नदीमा डुबुर मृत्यु भएकाे छ ।

 

मृत्यु हुनेमा सोही ठाउँकी २४ वर्षीया धनी खत्री रहेकाे प्रहरीले बिहीबार जनाएकाे छ । उनकाे बुधबार साँझ डुबेर मृत्यु भएकाे हाे । 

यस्तै सुनसरी बरहा नगरपालिका-२ सिसौली घाटस्थित सप्तकोसी नदीको किनारमा नदीले बगाई ल्याएको अवस्थामा शव भेटिएकाे छ । पुरुष ती मृतककाे नाम, थर, ठेगाना नखुलेका प्रहरीले जनाएकाे छ । मृतककाे पहिचान पत्ता लगाउन अनुसन्धान जारी रहेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्