अस्ट्रेलियामा नेपाली युवाको मृत्यु 



विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–७ घर भई हाल अध्ययनका लागि अस्ट्रेलियाको सिड्नीमा रहेका २० वर्षीय मिलन तामाङको मृत्यु भएको छ । 

अचानक मस्तिष्काघात भई उपचार गर्ने क्रममा तामाङको अस्पतालमा मृत्यु भएको जनाइएको छ । अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका तामाङको बुधबार निधन भएको खबर आएको मिलनका दाजु देउमान तामाङले बताए । मृतकको शव नेपाल ल्याउन पहल भइरहेको पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्