महिला हिंसा न्युनिकरणका लागि कपिलवस्तुका स्थानीय तहमा जनचेतना कार्यक्रम



 

कपिलवस्तु :  इलाका प्रहरी कार्यालय कृष्णानगरले कपिलवस्तुकाे कृष्णनगरमा लैङ्गिक हिंसा र दुर्व्यवहार सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरेकाे छ ।  बिहीबार दिउँसाे कृष्णनगर नगरपालिका- ४ सिर्सीहवा निम्नमाद्यामिक विद्यालयमा अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका हाे । 

कार्यक्रममा हिंसा न्युनिकरणमा सक्रिय भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिहरु, स्थानीय बुद्धिजिविहरु, भद्रभलाद्मी, महिला, बालबालिका, पत्रकार, संघ सस्थाका पदाधिकारीहरुसँग अन्तर्क्रिया गरिएकाे थियाे । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक सुर्य बहादुर बोगटीले लैगिक हिंसा सम्बन्धि स्थानीयलाई जचेतनाका उपायबारे प्रकाश पारेका थिए । उनले कार्यक्रमबाट सबैलार्इ हिंसात्मक घटनाकाे न्युनिकरणमा सहयाेग गरिदिन अाग्रह गरेका थिए । 

त्यस्तै कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकामा शुक्रबार लैङ्गिक हिंसा र दुर्व्यवहारसँग सम्बन्धित घटनाबारे जनचेतना मूलक कार्यक्रम गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्