कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो- ‘आफ्नो बोलीको हेक्का राख्नुहोस्’



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेपाल टेलिभिजनको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यक्त गरेको अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै आपत्ति जनाएको हो । 

एक आइएनजीओको कार्यक्रममा सरकारको विवादास्पद सह–आयोजना एवं पुरस्कार ग्रहण गरेको सन्दर्भप्रति सार्वजनिक रुपमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले “आफूले जवाफ दिए बुद्धिजीवि थला पर्ने” भनेकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । 

कांग्रेसले प्रधानमन्त्रीले प्रयोग गरेको वाक्यांश चेतावनीको शैलीमा आएको ठहर गरेको छ । सँगै उसले यो अभिव्यक्तिका शब्दले संविधानको धारा १७ को उपधारा २ ‘क’ ले निर्दिष्ट गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता भन्ने शब्द, भावना र मर्मको विरुद्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्