प्रदेश २ लाई समृद्ध बनाउन हरित अभियान



रौतहट । प्रदेश नम्वर २ को प्रदेश सरकारले प्रदेशको समृद्धीको आधार वन, वाताबरण र पर्यटन रहेको भन्दै हरित प्रदेश अभियान शुरु गरेको छ ।

 

हरित प्रदेश अभियान अन्र्तगत यसबर्ष प्रदेश २ अन्र्तगतका सबै जिल्लाहरुमा गरी  एक करोड विरुवा रोपिने कार्यक्रम रहेको छ ।

 

शुक्रबार प्रदेश २ को पर्सादेखि सप्तरीसम्मका ८ जिल्लामा ५० हजार विरुवा एकै दिनमा रोपेर अभियानको शुरुवात गरिएको हो ।

 

भूमि व्यवस्थापन तथा कृषी राज्यमन्त्री योगेन्द्र यादवले वातावरण संरक्षण, पर्यटनको विकास, अर्थोपार्जन, वन संरक्षण, चुरे संरक्षणलाई प्रभावकारी बनाउन प्रदेश सरकारले हरित अभियान शुरु गरेको बताएका छन् ।

 

जिल्लाको उतरीभेग चन्द्रपुर–६ स्थित डावरी चौक नजिकै रहेको खाली जमिनमा ८ हजार बिरुवा रोपेर  राज्यमन्त्री यादवले रौतहटमा अभियानको शुरु गरेका हुन् ।

 

संघीय संसद देव प्रसाद तिमल्सेनाले बिरुवा रोपेर मात्रै नहुने त्यसलाई  संरक्षणमा ध्यानदिनु पर्ने बताउँदै  विगतमा लाखौ बिरुवा रोपिएका छन् तर संरक्षण हुन नसकेको टिप्पणी गरे । प्रदेश २ मा देशको कुल वनक्षेत्र मध्य मात्रै ४ प्रतिशत वनक्षेत्र रहेको छ ।

 

यस आर्थिक बर्षमा दुई वटाको दरले आठ वटै जिल्लामा हाइटेक नर्सरी स्थापना गर्ने र एक करोड विरुवा उत्पादन गर्ने प्रदेश सरकारले लक्ष्य राखेको छ ।

 

जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले चोरी निकासी, चरिचरण, डढेलो, अतिक्रमण जस्ता कारणले वन विनास हुँदै गएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्