पुरुषका लागि गर्भनिरोधक जेल !



काठमाडौं : पुरुषहरूका लागि परिवार नियोजनको साधनका रूपमा कण्डम वा बन्ध्याकरणको विकल्प मात्र उपलब्ध हुँदै आएकोमा वैज्ञानिकहरूले लामो अनुसन्धानपछि पुरुष गर्भनिरोधक जेल तयार पारेका छन् । यसको प्रयोगपछि अस्थायी रूपमा पुरुषको वीर्यमा कमी आउने बताइएको छ । 

 

यस कार्यक्रमसँग सम्बद्ध डा. डायना ब्लिथले साइड इफेक्टका डरले गर्भनिरोधक चक्की लिन नचाहने महिला तथा कण्डम प्रयोग गर्न नरुचाउने पुरुषका लागि निकै प्रभावकारी तथा लाभदायक हुने बताएकी छिन् ।

 

एनइएसर टी नाम राखिएको यो जेल पुरुषले आफ्नो पिठ्यूँ र काँधमा लगाउनु पर्छ, केही क्षणपछि छालाले यसलाई लिएपछि असर देखाउन थाल्छ । यो जेल बनाउन टेस्टोस्टेरान तथा सेजेस्टेरान नामक दुई तत्वको मिश्रण गरिएको हुन्छ । जेलको प्रयोग बन्द गरेपछि पुरुषमा पूर्ववत रूपमा वीर्यको विकास हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्