राष्ट्रिय अभिलेखालयमा ८९४ रामायण



काठमाडौं : राष्ट्रिय अभिलेखालयमा ८ सय ९४ रामायण संग्रहित रहेका छन् । अभिलेखालयमा रहेको रामयणमध्ये सभभन्दा पुरानो शक सम्बत १०७६ अर्थात विक्रम सम्मत १२११ तिरहुतका राजा गाङ्यदेवको पालाको हो । 

अभिलेखालयले हालसम्म रहेको मौलिक प्रकृतिका रामायणमध्ये २ सय २२ वटालाई माइक्रोफिल्म र किताबमा संग्रहित गरी रोखेको छ ।  संग्रहित भएका २ सय २२ रामायणको सम्पूर्ण सामाग्री अभिलेखायमा सुरक्षित रहेको अनुसन्धान अधिकृत मनिता न्यौपानेले जानकारी दिइन । 

उनका अनुसार विभिन्न प्रकारका ६ सय ७२ रामायणको कपी माइक्रोफिल्ममा मात्र राखिएको छ । ती रामायणको विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताले नेपालका विभिन्न जिल्लामा पुगेर रामायण स‌ंकलन गरेका थिए । 

अभिलेखालयले यो वर्ष नेवारी लिपिमा लेखिएको रामायाणको पुस्तक छपाइ गर्ने तयारी गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्