सेनामा जागिर खान आएकी युवती मृत फेला



बाँके : कोहलपुरको दस बिघास्थित एक होटलमा शनिबार एक युवती मृत भेटिएकी छन् । होटल सञ्चालकले कोठामा युवती मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरीले कोठा खोलेर हेर्दा युवती पंखामा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको नाम रञ्जना बिष्ट रहेको र उनी अछामबाट आएको देखिएको छ । नेपाली सेनामा जागिर खाने तयारीमा रहेकी ती युवतीको हत्या वा आत्महत्या के हो भन्नेबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

होटल सञ्चालकले युवती शनिबार दिउँसो होटलमा बस्न आएको र आफ्नो नाम सुशीला रावल बताएको जनाएका छन् । युवतीले आइतबार दिउँसो १२ बजेसम्म पनि कोठा नछाडेपछि बुझ्न जाँदा उनलाई मृत देखेको होटल सञ्चालकको भनाइ छ ।

 

प्रहरीले कोठामा तीन टुक्रा परेको अवस्थामा एउटा मोबाइल फोन फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्