सरकारलाई घेराबन्दी गर्न थाले: गृहमन्त्री थापा



गुल्मी :  गृहमन्त्री रामबहादुर थापा वादलले सरकारलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा गृहमन्त्री थापा बादलले सरकारले राम्रो काम गर्दा घेराबन्दी गर्ने र सरकार नै गिराउनेसम्मको षड्यन्त्र भइरहेको बताएका हुन् ।

 

‘अहिले जुन सरकार आएको छ, यसले देशलाई सम्बृद्ध बनाउन र सुशासन कायम गर्न काम गरिरहेको छ’ उनले भने, ‘भ्रष्टहरुलाई कारबाही गर्ने, बलात्कारीहरुलाई कारबाही गर्ने, तस्कर र ठगहरुलाई कारबाही गरिरहेको हुनाले उनीहरु जुर्मुराइरहेका छन् र यो सरकारलाई कसरी गिराउने भनेर षड्यन्त्र भइरहेको छ ।’

 

बलात्कारहरुलाई कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले महिलाहरु पनि जागरुक हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्