ए डिभिजन लिग शनिबारदेखि शुरु



काठमाडौं : चार वर्षपछि शहीद स्मारक ए डिभिजन लिग शनिबारदेखि शुरु भएकाे छ । 

 

 घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारदेखि शुरु भएकाे हो । 

 

रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ । 

 

प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा भयाे । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेबाट शुरु भएकाे लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्