प्रसिद्ध कलाकार कपिलवस्तुमा, दर्शकको ओइरो



कपिलवस्तु : कपिलवस्तु अहिले महोत्सवमय भएको छ । दशौं कपिलवस्तु महोत्सवमा नेपाल प्रख्यात कलाकारहरु सहभागी हुनाले दर्शकको ओइरो लाग्न थालेको छ ।

 

बाणगंगा ४ बुद्ध रंगशालामा सञ्चालन भइरहेको दशौं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको सातौं दिन सोमबार १० हजार दर्शकले मेला अवलोकन गरे । 

 

मेला अवलोकन गर्ने दर्शकहरुको उपस्थिती सन्तोषजनक रहेको आयोजकले जनाए भने २८ लाखको आर्थिक कारोबार भएको छ ।

 

सोमबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँण, आधुनिक गायक अर्जुन कौशल, रेष्मा पुन, रुपा जिएम लगायतको स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।

 

मंगलबार आधुनिक गायक शिव परियार, लोक तथा दोहोरी गायिका प्रीति आले, लोकगायक बसन्त लम्साल लगायतको प्रस्तुती रहने छ ।

 

यसैबीच महोत्सवको आठौं कपिलवस्तु डान्स आइडल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएको छ ।

डान्स आइडल तर्फ प्रतिष्पर्धीहरु सुनिता चौधरी, स्नेहा थापा, अविरल अधिकारी, पुजन मल्ल, आज्ञा शर्मा, चाहना गिरी, मेनुका मल्ल, सोनी लामिछाने र सन्तोष रेग्मीको विशेष प्रस्तुती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्