५० हजार मानिस लागुऔषध दुर्व्यसनीका सिकार



कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ झन्डेनगरमा लागुऔषध दुर्व्यसनीविरुद्ध चेतनामूलक अन्तक्रिया गरिएको छ । जामिया सेराजुल्ल उलुम मदरासामा भएको कार्यक्रम इलाका प्रहरी कार्यालय कृष्णनगरले आयोजना गरेको थियो ।

 

छलफलमा स्थानीय शिक्षक, विद्यार्थी, पत्रकार, बुद्धिजिवी गरी १ सय ५० भन्दा बढी सहभागी थिए । कार्यक्रममा कृष्णनगर प्रहरी प्रमुख इन्स्पेक्टर सूर्यबहादुर बोगटीले लागुऔषध दुर्व्यसनीबाट समाजमा हुने घटना र यसको असरबारे जानकारी गराएका थिए ।

 

कार्यक्रममा जामिया सेराजुल्ल उलुमका प्रवक्ता मौलाना मसहुद खान नेपालीले नेपालभित्रै ५० हजार मानिस लागुऔषध दुर्व्यसनीमा फसेको बताए ।

प्रतिक्रिया दिनुहोस्