निषेधित क्षेत्रमा हर्न बजाउने नेपालगन्जका २ सय चालकमाथि कारवाही



दाङ : तुलसीपुर उमहानगरपालिकाको निषेधित क्षेत्रमा हर्न बजाउने दुई सयभन्दा बढी चालक कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । 

 

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीले नियम पालना नगर्ने दुई सय चार चालकलाई कारवाही गरिएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल चालक छन् । साथै बस, जिप, कार, ट्याक्टर, ट्रक, अटोरिक्साका चालकमाथि पनि कारवाही भएका छन् । 

 

ती सबै चालकलाई प्रहरीले सडकमै कारवाही गरेको हो । तीमध्ये एक सय चालकलाई स्थलमै कारवाही गर्दा जरिवानाबाट ५२ हजार राजस्व संकलन भएको छ ।

 

एक सय ४ जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गरेका र बाँकीको सवारीचालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी प्रमुख केसीले जानकारी दिए ।

 

गत मंसिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

 

हर्न निषेध घोषणालगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफनो काम कारवाही तीव्र पारेको छ । ट्राफिक प्रहरीले बजारका मुख्य चोकमा जेब्रा क्रसिङबाट सर्वसाधारण पैदल यात्रुलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरिका सिकाउँदै आएको छ । 

 

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरका चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । उपमहानगरको आर्थिक सहयोगमा वीरेन्द्र चोकको नेपालगन्ज रोड, सल्यान रोड, सुर्खेत रोड र घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

रासस

प्रतिक्रिया दिनुहोस्