श्रीमानलार्इ चिठ्ठी लेखेर दुई छोरीसहित वेपत्ता भइन जमुना



नवलपरासी : पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेवबाट दुई छोरीसहित एक महिला एक सातादेखि वेपत्ता भएकी छिन् । उनी एक साता अघिदेखि दुई छोरी सहित हराएकी छिन् ।

 

उनका आफन्तले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका छन् । प्रहरीमा दिएको उजुरी अनुसार २७ वर्षकी जमुना न्यौपाने ५ बर्षकी सुरक्षा न्यौपाने र १४ महिनाकी समीक्षा न्यौपाने सहित वेपत्ता भएकी हुन् ।

एक सातासम्म आफन्तकोमा खोजी गर्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी दिएको उनका जेठानी दिदी राधिका न्यौपानेले बताइन

२७ वर्षकी जमुना न्यौपाने ५ बर्षकी सुरक्षा न्यौपाने र १४ महिनाकी समीक्षा न्यौपाने सहित वेपत्ता भएकी छन् । उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा भारत थिए । श्रीमान अहिले श्रीमतिको खोजीको लागि घर आएका छन् । एक साता अघिदेखि वेपत्ता महिलाकी कोठाबाट प्रहरीले खानतलासी गर्दा चिठी भेटिएको छ ।


के लेखिएकाे छ चिट्ठीमा ?

छोरीले लेख्ने शिशाकमलले लेखेकी चिठीमा उनले श्रीमानले कहिलै माया नगर्ने, गाली मात्र गर्ने, श्रीमानले अरुको कुरा सुन्ने आदि कारणले घर छोडेको भनेर पत्र लेखेर छोडिएको भेटिएको छ । उनको कोठामा प्रहरी सहित गएर खानतलासी गर्दा यस्तो पत्र भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्