यस्तो छ भारतीय मन्दीले नेपाली अर्थतन्त्रमा पार्ने गम्भिर प्रभाव



काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले अर्थतन्त्रमा लिएका गम्भिर निर्णयहरूलाई कतिपयले आर्थिक सुधारमा फड्को भनिरहेका बेला भारतीय अर्थतन्त्रमा मन्दी आउने संकेत देखा परेको छ ।

नेपालको अर्थतन्त्र छिमेकी भारतसँग धेरै हिसाबले जेलिएको छ । भारतीय अर्थतन्त्र सुस्त हुँदा अर्थशास्त्रीहरूका अनुसार नेपालका पाँचवटा क्षेत्रमा सबभन्दा गम्भिर असर पर्न सक्छ । अर्थविद डा. चन्द्रमणी अधिकारीले नेपालको आयात निर्यातको ठूलो हिस्सा भारतसँग जोडिएको हुनाले भारतीय अर्थतन्त्रमा देखा पर्ने उतारचढाबले नेपाली अर्थतन्त्रमा पनि प्रभाव पार्नु स्वभाविक भएको बताउछन् ।

त्यसैगरी अर्का अर्थविद डा. डिल्लिराज खनालले भने नेपालको अर्थतन्त्र मूलतः भारतीय अर्थतन्त्रसँग जोडिएको मात्र होइन एक हिसाबले भन्ने हो भने परनिर्भर नै छ । तसर्थ भारतीय अर्थतन्त्रमा आईपर्ने सबै प्रभाव नेपालको अर्थतन्त्रमा पनि स्वभाविक हिसाबले पर्छ ।

भारतीय अर्थतन्त्रले नेपालको अर्थतन्त्रमा मुद्रा अवमूल्यनको भार, आयात–निर्यातमा दोहोरो असर, श्रम–बजारमा उथलपुथल, लगानीमा उत्साह र विश्वासको खडेरी तथा आर्थिक वृद्धिदर जस्ता विषयमा गहिरो असर पु-याउने अर्थविदहरुको भनाइ रहेको छ ।

भारतीय अर्थतन्त्रले नेपालको अर्थतन्त्रमा मुद्रा अवमूल्यनको भार, आयात–निर्यातमा दोहोरो असर, श्रम–बजारमा उथलपुथल, लगानीमा उत्साह र विश्वासको खडेरी तथा आर्थिक वृद्धिदर जस्ता विषयमा गहिरो असर पु-याउने अर्थविदहरुको भनाइ रहेको छ ।

अर्थविद् डा. डिल्लिराज खनाल भन्छन्– “जुन हिसाबको सुस्ती भारतमा आइपरेको छ, त्यो जारी रहे भारु अझ कमजोर हुन्छ । सँगसँगै नेपाली मुद्राको पनि अवमूल्यन हुने देखिन्छ ।’’ भारु कमजोर बने एक डलर बराबर १ सय २० नेपाली रुपैयाँ पुग्न धेरै समय नलाग्ने कैयौँको डर छ ।
दुई वर्ष अगाडि एक अमेरिकी डलर बराबर १ सय २ रुपैयाँ नेपाली रहेकोमा अहिले बढेर बढेर १ सय १४ पुगिसकेको छ ।

यस्तै नेपालले आयात गर्ने कुल परिमाणको लगभग दुई तिहाइ अनि नेपालबाट निर्यात हुने कुल परिमाणको पनि दुई तिहाइ भारतसँगै हुन्छ ।

त्यसमध्ये झण्डै १० खर्ब रुपैयाँको व्यापार भारतसँग भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाउछ । अघिल्लो आर्थिक वर्षमा नेपालले गरेको कुल अन्तर्राष्ट्रिय व्यापारको परिमाण १५ खर्ब रुपैयाँ थियो । अर्कोतर्फ भारतमा सुस्ती आएपछि त्यहाँ उपभोग्य सामानको माग घट्न सक्छ ।
“नेपालले निर्यात गर्ने सामानको दुई तिहाइ भारतमै हो । त्यहाँ माग सुस्त हुनासाथ हामीलाई असर पर्छ’’ अर्थ्िवद् खनालले भने ।

आयात–निर्यातमा पर्ने यस्तो दोहोरो असरले अहिले नै झण्डै एक वर्षको बजेट बराबर १३ खर्ब रुपैयाँ व्यापार घाटा बेहोरिरहेको नेपाललाई आउने दिनमा झन चुनौती थपिन सक्छ ।
यस्तै लाखौ नेपाली भारतमा काम गर्छन् । लाखौ भारतीय नेपालमा काम गर्छन् । भारतीय अर्थतन्त्रमा आउने उतारचढावको यो श्रम बजारमा सोझो असर पर्ने देखिन्छ ।

खनाल भन्त्छन्–“भारतमा तीन–चार महिना अगाडि भएको रोजगारीको सर्वेक्षणमा बेरोजगारीको दर एकदमै उच्च देखियो ।’’ भारतमै माग कम भइदिँदा त्यहाँ नेपालीको निम्ति रोजगारीको अवसर घट्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

यसले गर्दा “अब आर्थिक सुस्तता भन्ने बित्तिकै त्यहाँ बेरोजगारी झन् बढ्छ र कतिपय भारतीय कामको खोजीमा यता आउन सक्छन् । उनीहरूले सस्तोमा काम गरिदिँदा यहाँको बजारमा असर परिहाल्छ ।’’

नेपालमा लगानी गर्नेमध्ये भारतीय कम्पनीहरुकै ठूलो हिस्सा रहेको छ । जलविद्युतदेखि लिएर उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी उल्लेख्य छ ।

तर, भारतमा अहिले विदेशी लगानीकर्ताहरूले विश्वास गुमाएर पैसा फिर्ता लग्ने प्रवृत्ति बढेको देखिन्छ । स्वदेशी लगानीकर्ता पनि उत्साहित छैनन् । त्यसकारण पनि त्यो विश्वास भारतीय बजारमा धरमराउनुको अर्थ अब ती लगानीकर्ताले नेपालमा पनि आगामी दिनमा लगानीको योजना बनाउने सम्भावना घट्दै गएको हुनसक्छ ।

अर्को वर्ष २० लाख पर्यटक भित्र्याउने आशमा बसेको नेपाललाई त्यसले धक्का दिन सक्छ ।
यसअघि पनि आर्थिक कारोबार, वृद्धि र महँगी दर सबैमा भारतीय प्रभाव देखिएका थिए । “समग्रमा भारतको आर्थिक वृद्धिसँग नेपालको आर्थिक वृद्धिको सोझो सम्बन्ध रहँदै आएको छ । त्यसैले त्यहाँ सुस्तता आयो भने हामी सतर्क हुनुपर्छ,’’ खनालले भने ।

कस्तो सुस्ती ?
सात –आठ प्रतिशतमा कुदिरहेको अर्थतन्त्रको गति पछिल्लो त्रैमासिकमा पाँच प्रतिशतमा झरेको छ । गाडीदेखि लिएर दैनिक उपभोगका सामानको विक्री घटेका विवरण आएका छन् ।
गाडी उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष करिब १० लाखले रोजगारी गुमाउन सक्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्