लण्डन सडकसम्म काश्मिरी मुद्दा



काठमाडौं : बेलायतको राजधानी लण्डनमा दशौंहजार मुस्लिमले जम्मु–कश्मिर स्वायत्तताको मागसहित विसाल प्रदर्शन गरेका छन् । मोदी सरकारले जम्मु–कश्मिर स्वायत्ततासम्बन्धी संविधानको धारा ३७० खारेज गरी जम्मुकश्मिरमाथि संकटकाल लगाइरहेको अवस्थामा युरोपमा यो विसाल प्रदर्शन गरिएको हो । यो प्रदर्शनले दक्षिण एशियाको मुद्दा युरोपको सडकसम्म छताछुल्ल हुन पुगेको छ ।

प्रदर्शनकारीको टार्गेटमा लण्डनस्थित भारतीय उच्चायोगको भवन पर्न गएको थियो । प्रदर्शनकारीले उच्चायोगको भवनमाथि इट्टा र अण्डाले प्रहार गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यता भारतले प्रदर्शनमा सबै पाकिस्तानी मात्र सहभागी रहेका र जम्मुकश्मिर भारतको आन्तरिक मामला भएको कुरा दोहोर्याएको छ । लंडनमा बेलाबेलामा भारतीय र पाकिस्तानी पक्षधरबीच झगडा र झडप हुँदै आइरहेको छ ।

यस पटक ‘कश्मीर फ्रीडम मार्च’को व्यानरमा निकालिएको प्रदर्शनमा प्रदर्शनकारीले कश्मिरी ‘लक डाउन’ बन्द गर, हामी स्तन्त्रता चाहन्छौं भनी नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्