स्याङ्जामा जिप दुर्घटना : एक बालिकाको मृत्यु, २३ घाइतेमध्ये दुई गम्भिर



स्याङ्जा : पाल्पाको हुँगीबाट आउँदै गरेको जित स्याङ्जाको गल्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी तीन वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

२४ जना सवार लु १ ज ३८४१ नम्बरको जिप बुधबार दिउँसो गल्याङको दिमिक भन्ने स्थानमा दुर्घटना भएको हो ।

बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २३ जनामध्ये २१ जनालाई पाल्पास्थित प्रवास हस्पिटलमा रिफर गरिएको छ भने अन्य दुई जनाको गल्याङको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्