सुनको मूल्यमा सामान्य गिरवाट



काठमाडौं :आज सुन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ७३ हजार ४ सयमा कारोबार भएको सुन आज (शुक्रबार) ७२ हजारमा कारोबार भइरहेको जनाएको छ ।

बिहीबार एक सयले घटेको सुन आज १४ सयले घटेको हो ।

त्यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्