उपचार सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली पत्रकारसँग बोल्न रुचाएनन्



काठमाडौं : सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी शुक्रबार मध्याह्न १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्

प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित सरकारका उच्च तहका पदाधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

उपचार सकेर स्वदेश फर्किएका प्रम ओली साक्षतकार गर्न विमानस्थल पुगेका पत्रकारसँग बोल्न रुचाएनन् । यसअघि पनि उपचार सकेर स्वदेश फर्किएका बेला ओलीले पत्रकारसँग कुनै पनि कुराकानी गरेका थिएनन् ।

प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किएका छन् । गत भदौ ५ गते उपचारका लागि सिंगापुर पुगेको प्रधानमन्त्री १६ दिनपछि स्वदेश फर्किएका हुन् ।

ओलीको सिंगापुरमा ’प्लाज्माफेरिसस’ को उपचार विधिबाट मृर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार सकिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्