नेपालको संविधानप्रति भारत अझै असन्तुष्ट, मोदी नेपाल नआउने



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने भएका छन् । यही ३ असोजमा हुने संविधान दिवसमा मोदी प्रमुख अतिथि बनेर नेपाल भ्रमणमा आउने भएका थिए । तर, उनी नआउने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई निम्तो पठाएपछि मोदी नआउने निश्चित भएको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले मोदीलाई नेपाल भ्रमणमा ल्याउने पहल भने असफल भएको छ ।

अहिले मोदी नेपाल भ्रमण नआउने भएपछि विभिन्न शंका उब्जिएको छ । योसँगै के स्पष्ट हुन्छ भने भारतले नेपालको संविधानप्रति अझै पनि असन्तुष्टि रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्