देवरले मुङ्ग्रो प्रहार गर्दा भाउजु घाइते



झापा : झापामा देवरले काठको मुङ्ग्रोले प्रहार गर्दा भाउजु घाइते भएकी छन् । मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज (शुक्रबार) बिहान नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया भाउनु शर्मिला चौधरीलाई घाइते भएकी हुन् ।

घरायसी विवादमा देवर विक्रमले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्