मालपोतका प्रमुखसहित आठ कर्मचारी प्रहरी हिरासतमा



मालपोत कार्यालय चाबहिलका प्रमुखकै मिलेमतोमा धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेको छ । प्रहरीले मालपोत प्रमुखसहित थप चार कर्मचारीलाई पक्राउ गरेको छ ।

 

मालपोत कार्यालय चाबहिलका प्रमुख (उपसचिव) कमलप्रसाद तिमल्सिनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीसहित नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्नलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।

चाबहिल मालपोतका थप चार कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् ।

 

उनीहरूको बयानमा कार्यालय प्रमुखकै संलग्नता खुलेको हो । यसअघि पक्राउ परेका कर्मचारीले कार्यालय प्रमुख तिमल्सिनाको निर्देशनअनुसार नै जग्गा पासको काम भएको उनीहरूको बयान छ ।

त्यस्तै, मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ । व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

 


पक्राउ पर्दा पनि जागिर कायमै ?

सुरक्षा संगठनमा कार्यरत फौजदारी अभियोगमा पक्राउ परेलगत्तै निलम्बनमा पर्ने गर्दछन् । तर, निजामती कर्मचारीहरू भने जेल चलान हुँदासमेत निलम्बनमा पर्ने गरेका छैनन् । भूमाफियासँग मिलेर धनीलाई थाहै नदिई जग्गा बिक्री गर्ने आठ कर्मचारी पक्राउ परे पनि उनीहरूलाई निलम्बन गरिएको छैन ।

 

त्यस्तै, गत महिना कम्पनी रजिस्ट्रारको कार्यालयका ६ कर्मचारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मुद्दा दायर गरेको थियो । नक्कली कागजपत्रका आधारमा कम्पनी बिक्री गरेको आरोपमा दुई उपसचिवसहितका कर्मचारीविरुद्ध मुद्दा दायर भयो । उनीहरूलाई चार लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको