विवादका बीच नेकपा सिरहा र सप्तरीको सपथ ग्रहण सम्पन्न



जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का सिरहा र सप्तरी जिल्ला कमिटीको पद तथा गोपनियताको सपथ ग्रहण विवादका बीच मंगलबार सम्पन्न भएको छ ।

महोत्तरीको बर्दिबासमा सम्पन्न सपथ ग्रहण कार्यक्रम नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले केही व्यक्तिले बिथोल्न खोजेपनि सपथ ग्रहण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको बताए ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकतासँगै जिल्ला स्तरको कमिटी गठन तथा सपथका साथै अन्य काम अगाडि बढ्ने नेकपा केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहले बताए ।

यी जिल्लामा सपथ ग्रहण भएपनि प्रदेश २ का बाँकी जिल्लाहरु रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्ला कमिटीकोसपथ ग्रहण हुन सकेको छैन ।

नेकपा स्रोतका अनुसार यस अघि सपथ ग्रहण कार्यक्रम शुरु हुन नपाउँदै कार्यक्रममा पार्टी सदस्य नै नभएका व्यक्तिहरु आएर होहल्ला गर्न थालेका थिए । उनीहरुले होहल्ला गर्न थालेपछि झडपको अवस्था सृजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्