ओलम्पिकको निर्वाचनमा भाले भिडन्त


काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशद्वारा अन्योलमा परेको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन सर्वोच्च अदालतकै अर्को निर्णयपछि चुनाव गर्ने बाटो खुलेको छ । सर्वोच्चको पछिल्लो आदेशपछि कमिटीको निर्वाचन भोलि (शनिबार) हुँदैछ ।

अन्तर्राष्ट्रिय ओलीम्पक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियासँगको परामर्शपछि एनओसीको निर्वाचन हुन लागेको हो । आइओसी र ओसिएका प्रतिनिधिहरु पर्यवेक्षकका रुपमा उपस्थिति रहने बताइएको छ । निर्वाचन समितिका अनुसार भोलि बिहान ८ बजे साधारणसभा सुरु हुने जनाएको छ ।

यस अघि २० भदौमा एनओसीको निर्वाचनको मिति तोकिएको भए पनि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएका कारण स्थगित गरिएको थियो । एनओसीले १८ भदौमा निर्वाचन स्थगित गरेको सूचना दिएको थियो ।

नेपाल टेबुलटेनिस संघका पूर्व महासचिव रहेका कमल बहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको पछिल्लो निर्णयपछि निर्वाचन परिणाम आफ्नो पक्षम पार्न दौडधुप सुरु भएको छ । ओलम्पिक कमिटीको पदाधिकारी बन्न प्रतिनिधिसभाका सांसद तथा नेकपा नेता बामदेव गौतम पत्नी तुलसा थापा, राष्ट्रिय खेलकुद परिषदका वर्तमान उपाध्याक्ष पिताम्बर तिमिल्सिना, पूर्व सदस्य सचिव केशव विष्ट लगायत विभिन्न संघसंस्थाका उच्च पदस्थ तथा व्यवसायीहरुको भाले भिडन्त चलिरहेको थियो । यसपटक उम्मेदवारीले कमिटीको महत्व र आकर्षणलाई झल्काएको छ ।

ओलम्पिक कमिटिको अध्यक्षमा फेरि यसपटक अघिल्लो कार्यकालमा नेतृत्वका लागि लडेका वर्तमान अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ र नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ भिडेका छन् । यसपटक पनि कमिटीको अध्यक्षमा जिवनराम श्रेष्ठको पक्षमा माहौल देखिएको छ । श्रेष्ठका पक्षमा र्नि्विरोध निर्वाचित उपमहासचिव तिमिल्सिनाको साथपनि रहेको चर्चा व्यापक छ । तिमिल्सिनालाई आफू पछिको उत्तराधिकारीको रुपमा अघि बढाउने प्रतिवद्धता श्रेष्ठले गरेपछि श्रेष्ठका पक्षमा तिमिल्सिना देखिएका छन् ।

यस्तै महासचिवमा वर्तमान उपाध्यक्ष तथा व्यवसायी पुरेन्द्रविक्रम लाखे र सदस्य निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन्। लाखे उमेशलाल र श्रेष्ठले जीवनरामको प्यानलबाट महासचिवको उम्मेदवार बनेका हुन् ।

अघिल्लो चुनावमा जीवनरामले उमेशलाई अध्यक्षमा पराजित गरेका थिए
पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। जसमा लन टेनिसका ज्योति राणा, सुटिङका पुष्पदास श्रेष्ठ, पौडीका अशोकमान बज्राचार्य, ह्यान्डबलका तेज गुरुङ, टेबल टेनिसका चतुरानन्द राज वैद्य, फेन्सिङका सुनिल श्रेष्ठ, र्याफटिङ एन्ड क्यानोइङका राजीव श्रेष्ठ र कुस्तीका प्रतिनिधि तथा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी छन् ।

यस्तै ३ सचिवका लागि ४ जनाको उम्मेदवारी परेको छ। जसमा संघिय सांसद तथा तुल्सी थापा(बामदेव गौतमकी श्रीमती), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ उम्मेदवार छन् ।

कोषाध्यक्ष र उप–महासचिवमा भने एक एक जनाको मात्रै उम्मेदवारी परेपछि दुबै निर्विरोध भएका छन्। वर्तमान कोषाध्यक्ष रतन तण्डनले फेरि सोही पदमा निर्विरोध भए भने राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना पनि उप महासचिवमा निर्विरोध भए ।

यस्तै ७ सदस्यका लागि उम्मेदवारी दिने ८ जनामा नेपाल गल्फ संघका टासी घले, फुटबलका दीर्घबहादुर केसी, आर्चरीका रमेशप्रसाद शिवाकोटी, भलिबल संघका मनोरञ्जन रमण शर्मा, तेक्वान्दो प्रकाश शम्सेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, बक्सिङका राम अवाले, बास्केटबलका होमबहादुर दोङ छन् ।

जम्मा २७ सदस्यले भाग लिने यो चुनावमा २६ जना उम्मेदवार नै रहेका छन् । पूर्व अध्यक्ष रहेका धु्रबबहादुर प्रधान बाहेक सबै उम्मेवदारको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ७३ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको नमुना

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये ५३ जिल्लामा कोरोना भाइरस फैलिएको छ । आजसम्म ५३ जिल्लामा

काठमाडौंः कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८

सिरहा : सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लहान नगरपालिकाका

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही

दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११

काठमाडौंः कोरोना भाइरस महामारीका कारण जारी लकडाउ जेठ भर सरकारले लम्ब्याउने तयारी गरेको छ ।

विर्तामोड : रातभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिर राखिएका झापाका २७ जना कोरोना

राँझा : बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन

एजेन्सी : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ६९ हजार ६ सय ३२ जनामा कोरोना भाइरसको नमुना