एसपीको एक्सनले आधा घण्टामै अपहरण मुक्त



पोखरा : कास्की जिल्लाको प्रहरी प्रमुख बनेर गएपछि जिल्लाको शान्ति सुरक्षाका लागि कडा ढंगले एक्सनमा उत्रिएका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की यतिबेला फेरी चर्चामा आएका छन् ।

प्रहरीले पोखरामा बुधबार अपहरण परेका निर्माण व्यवसायी रत्नबहादुर कार्कीको उद्दार गरेपछि उनको चर्चा भएको हो । अपहरणमा परेको आधा घण्टा नबित्दै कास्की प्रहरीले रत्नबहादुर कार्कीको सकुशल उद्दार गरेको छ ।

पोखरा ६ लेकसाइडमा बस्दै आएका कार्कीलाई पोखरा ९ नयाँबजारस्थित सामुदायिक समितिको कार्यालय भवन अगाडिबाट अज्ञात व्यक्तिले अपहरण गरेका थिए ।

सो घटनाको जानकारी पाएपछि कडा एक्सनमा उत्रिएका जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीको विशेष टोलीले घटना भएको आधा घण्टा नबित्दै अपहरण कारी समात्न सफल भएपछि कास्की प्रहरीको प्रसंशा भएको छ ।

अपहरणमा परेका निर्माण व्यवसायी कार्कीसँगै ४ जना अपहरणकारीलाई प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा गौतम थापा, रोहित सुनार, बासुदेव पोखरेल, प्रेमबहादुर थापा रहेका छन् । पक्रउ परेको अपहरणकारीले प्रयोग गरेको सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्