देशभर मेघगर्जनसहित वर्षा



काठमाडौं : बंगालको खाडिबाट आएको जलबास्प युक्त हावाको प्रभावका कारण हाल देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान दैनिक बुलेटिन जारी गर्दै हाल अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम
भदौ २८ गते (शनिबार)
दिउँसो :
देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ २९ गते (आइतबार)
दिउँसो
: देशभरी सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३० गते (सोमबार)
दिउँसो
: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभरी सामान्य रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्