साँखु प्रहरी प्रमुख भन्छन : कसैसँग सम्झौता हुँदैन




काठमाडौ :
महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी यतिबेला त्यस क्षेत्रको शान्ति सुरक्षा, अमनचयन कायम गर्नुका साथै विभिन्न विद्यालय, नागरिक समाज, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढेको छ ।

करिव महिना दिन अगाडी प्रभागको प्रमुखमा प्रहरी निरीक्षक गोविन्द पन्थी आएपछि यस क्षेत्रका समुदाय र नागरिक समाजसँग सम्बन्ध बढाउदै प्रहरी –जनता साथसाथ भन्ने अभियान नै चलाएका छन् । पन्थीको सकृयतामा अवैध काठसहति एक जना पक्राउ परेका छन् ।

त्यस्तै साँखु प्रहरी प्रभागका प्रहरी निरीक्षक पन्थीले बलातकृत बालिकाको उद्दार गर्दै उल्लेखीय काम गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं बस्ने १५ बर्षीया बालिका पबित्रा श्रेष्ठ हराएको निवेदन परेपछि तत्काल खोजतलासी गरी उनले उद्दार गरे ।

अनुसन्धानको क्रममा उनले शंखरापुर नगरपालिका वडा नं. ७ बस्ने धिरज श्रेष्ठसँग फेला पारी बालिका अभिभावकलाई तत्कालै बुझइदिए । पबित्रासँग उचित काउन्सेलिङ्ग गर्दै उनीमाथि दुई दिन दुव्र्यवहार गर्दै अनैतिक कार्य गरेको थाहा पाएपछि उनले अभियुक्तलाई कारबाही गरेरै छाडे । त्यसपछि यस क्षेत्रमा पन्थीको प्रसंसा चुलिदै गएको छ ।

यसैबीच विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मानव वेचविखन, घरेलु हिंसा, लागू औषध जस्ता विषयमा सचेतना जगाउने उदेश्यका साथ समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत यो अभियान चलाएको प्रहरी निरिक्षक पन्थी बताउछन् ।

विद्यालय तथा क्याम्पस तहका विद्यार्थीहरु बढी लागूऔषध दुव्र्यसनीमा फस्न सक्ने भएकोले सचेतना कक्षा सुरु गरिएको प्रहरी प्रभाग साँखुका प्रमुख पन्थीले भने ।
विद्यार्थी तथा स्थानीय समुदायलाई मानव बेचविखन, घरेलु हिंसा,लैङ्गिक हिंसा, लागूऔषध र साईवर क्राईम जस्ता विषयमा यो सचेतना जगाउन सकिए सभ्य र अपराध रहित समाज निर्माण गर्न सहयोग पुर्याउने प्रमुख पन्थीको दाबी छ ।

यसैक्रममा साँखु प्रहरीले विभिन्न संघसंस्था , सरकारी तथा निजी विद्यालल, महिला समूह, राजनीतिक दलका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरेर अपराध न्युनिकरणका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।
त्यस अवसरमा प्रहरी निरिक्षक पन्थीले अपराध न्युनिकरणका लागि समुदाय र प्रहरी सँगसँगै मिलेर अघि बढ्नुपर्ने कुरामा जोड दिदै प्रहरी जनताको सेवक भएको बताए ।

उनले भने – जनताभन्दा माथि कोही छैन । नेपाल प्रहरी जनताको सेवक हो । समाजभित्रै रहेका अपराधिक प्रवृत्तिका व्यक्तिहरुको सूचना जनस्तरबाट दिनु नै असल नागरिकको पहिचान हो ।
अपराधी र अपराधिक प्रवृत्तिका व्यक्तिहरुसँग आफूले कुनै सम्झौता नगर्ने कुरामा जोड दिदै असहाय, महिला,वृद्ध वृद्धा एवं आम नागरिकका समस्या समाधान गर्न साँखु प्रहरी २४ सै घण्टा तयार रहेको बताए ।

प्रहरीको यस अभियानअन्तर्गत शंखरापुर नगरपालिकाको भानु मावि, साँखु पालुवाबारी सामुदायिक विद्यालय, राष्ट्रिय मावि सानागाउँ, महिला समूह,जेष्ठ नागरिक केन्द्र लगायतमा कार्यक्रम सम्पन्न भइसकेको छ । यो अभियान निरन्तर जारी रहने प्रहरी निरीक्षक पन्थी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्