विपन्नलाई निःशुल्क बिजुली मिटर



कपिलवस्तु : नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलमातहतका वितरण शाखा कार्यालयले अति विपन्न लक्षित वर्ग तथा सांस्कृतिक सम्पदा क्षेत्रमा निःशुल्क मिटर जडान गर्ने भएका छन् ।

क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा लाइन वितरण र निःशुल्क मिटर जडान कार्यक्रमका लागि पाँच करोड रुपैयाँ बजेटसमेत छुट्याएको छ । नगरपालिकाको सिफारिस लिएर आएपछि निःशुल्क मिटर जडान गरिने कार्यालयले जनाएको छ । 

स्थानीय समाजसेवीले कार्यालयको यस्तो काम सराहनीय रहेको टिप्पणी गरेका छन् । कार्यालयले पिछडिएका र अति विपन्नको घरमा मिटर जडान गरेर उनीहरुको घर र भविष्य उज्यालो पार्ने काम गरेको उनीहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्