नेपाली काँग्रेस द्धारा वीरगन्जमा प्रदर्शन



वीरगन्ज : नेपाली काँग्रेस पर्साले हिजो सोमबार वीरगन्जमा प्रदर्शन गर्दै स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सभापति अजय दुवेद्धीले भने, घटनामा संलग्न दोषीलाई कडा कारवाही नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए ।

नेकपाका बाँजुरा वडा नम्बर १ का अध्यक्ष सुमन मल्लको नेतृत्वमा रहेको कार्यकर्ताहरुले कार्यक्रम माथि आक्रमण गर्दा बाँकेका जिल्ला सभापती किरण कोईराला, केन्द्रिय प्रतिनिधि विद्या प्रसाद खनाल लगायतमाथि घाईते बनाएको आरोप लगाउदै सभापति दुवेदीले कारबाहीको माग गरे ।


जिल्ला सभापती दुवेद्धी नेतृत्वमा भएको विरोध कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व सांसद सुरेन्द्र चौधरी, अनिल रुगंटा, ओम प्रकाश शर्मा, नेकाका नेता जर्नाधन सिह क्षेत्री, वीरगन्ज महानगरपालिकाका उप मेयर एवं पार्टीकी महिला नेतृ शान्ती कार्की लगायत तरुण दल, नेवि संघका युवा नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्