बजार अनुगमनमा तीव्रता


नेपालगञ्ज : चाडपर्व नजिक हुने क्रमसँगै सम्बद्ध सरकारी निकायले नेपालगञ्जमा बजार अनुगमनमा तीव्रता दिएका छन् । सोही क्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जदेखि बजार अनुगमनमा तीव्रता दिएको हो ।

टोलीले आज नेपालगञ्जको खाद्य उद्योगको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुर्खेत रोडमा रहेको कृष्ण स्विट एण्ड बेकरी उद्योगबाट म्याद नाघेका पेय पदार्थहरु नष्ट गरिएको सहायक प्रजिअ उपाध्यायले बताए। उक्त उद्योगलाई म्याद नाघेका खाद्य पदार्थ नराख्न र खरीद बिलसहित सम्बन्धित कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

यस्तै विनायक फुड इन्डष्ट्रिज र कस्तुरी फुड प्रोडक्ट्समा पनि अनुगमन गर्दा ब्याच नम्बर र उत्पादन मिति प्रष्ट बुझिने गरी नराखिएकाले अब उप्रान्त त्यसो नगर्न चेतावनी दिइएको छ ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण, नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योगलगायत कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी

फाइल फोटो काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् । म्यान्मा

काठमाडौ : आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी

फाइल फोटो काठमाडौं : म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी

भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर

काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी

काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा

काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका

काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर

काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ