गुणस्तरीय खाद्यान्न व्यवस्था गर्न सरकारलार्इ निर्देशन



काठमाडाैं : संसदीय समितिले दशैं, तिहार र छठमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकले चाडपर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । 

 

समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । समितिकी सभापति पूर्णकुमारी सुवेदीका अनुसार समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्