भौतिक मन्त्रीले लगाए सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध



काठमाडौं : भौतिक तथा पूर्वाधार मन्त्रालय र मातहतका कार्यालयमा कार्यारत कर्मचारीहरुले यो हप्तादेखि फेसबुक, ह्वाट्स एप, यूट्युव लगायतका सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने भएको छ ।

भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो नियम लागु गरेका छन् ।

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञावलीले कार्यालय समयमा सामाजिक सञ्जाल बन्द गरिएको पुष्टि गरे । उनका अनुसार कार्यालय समयमा धेरै जसो कर्मचारीहरु कार्यालयको काममा भन्दा सामाजिक सञ्जालमा रमाउन थालेपछि कार्यालयको काम प्रभावित भएको महसुस मन्त्रालयले गरेको हो ।

उनका अनुसार मन्त्रालयले यसअघि स्वीकृतिक दिँदै आएको अध्यापन परामर्श लगायतका सुविधामा पनि कटौती गरिएको छ । मन्त्रालयमा कर्मचारीको अभाव र प्रभावकारी काम हुन नसकेपछि यस्तो व्यवसथा गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

मन्त्रालयले कर्मचारीलाई कार्यालय समय बाहेक व्यापार, व्यवसाय, अध्यापन, परामर्श लगायतका काम गर्न यसअघि प्रदान गरेको स्वीकृति पनि मन्त्रीस्तरीय निर्णयबाट रद्द गरिएको छ । साथै अब स्वीकृति नदिने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्