शुक्रबारका दिन यस कारण बसिन्छ सन्तोषी माताको व्रत



सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् ।

सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् । माता सन्तोषीको व्रत तथा पुजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुखमा वृद्धि हुन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको व्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।

प्रतिक्रिया दिनुहोस्