वडा अध्यक्षको निधन



चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो ।

गुरूङ क्यान्सर रोगबाट पीडित थिए। उनी तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार भई विजयी चएका थिए। उनका एक श्रीमती र तीन छोरा छन् । – रासस

प्रतिक्रिया दिनुहोस्