घुमिफिरी पार्टीको संयोजकमा ठाकुर



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आज (सोमबार)बाट महन्थ ठाकुरले सम्हालेका छन् ।

गत साउन ४ र ५ मा जनकपुरमा बसेको बैठकले राजकिशोर यादवलाई साउन ६ देखि संयोजकको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सकिएलगत्तै पार्टीको अध्यक्ष मण्डलको संयोजक ठाकुर भएका हुन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भइ राजपा गठन भएको थियो ।

पार्टी गठनसँगै चक्रीय प्रणाली अनुसार संयोजक हुने निर्णय भएको थियो । सो निणर्य अनुसार दुई–दुई महिनामा पालैपालो संयोजक हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्