‘काले दाई’को दोश्रो गीत सार्वजनिक



काठमाडौं : चलचित्र ‘काले दाई’को दोश्रो गीत सार्बजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो ।

सार्बजनिक ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा सुरज थापाको स्वर रहेको छ । पवनवांग लामाको संगीत रहेको गीतमा इन्द्र रामजाली र गोभिन्द श्रेष्ठको शब्द रचना रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता शिशिर यो चलचित्रलाई लिएर निकै उत्साहित र आशावादी रहेको बताए ।

चलचित्रले नेपाल सेनामा कार्यरत युवाको कथा बोल्छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ। अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।

चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, रामचन्द्र अधिकारी,गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ।

पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको चलचित्र असोज १७ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्