रौतहट पुगेर नायिका केकी अधिकारीले महिलालाई गरिन् यस्तो आह्वान



रौतहट : तराई–मधेशमा व्याप्त रहेको दाइजो प्रथा र छोरीहरुलाई कम पढाउने परम्परा विरुद्ध महिलालाई हक अधिकार प्रति सचेत बनाउने सन्देश बोकेको “हमनीके भगियामे लागि गैले अगिया” भन्ने सामाजिक गीतको लागि छायाँकन पूरा भएको छ । आफ्ना हक र अधिकारप्रति ज्ञान र चासो नभएका महिलाहरुलाई लक्षित गरेर हक अधिकार प्राप्तिका लागि सचेतना फैलाउने उद्देश्यका साथ का “हमनीके भगियामे लागि गैले अगिया” र “घुँघटामे कबले रहबु अधिकार अपन ” लगायत ४ वटा भोजपुरी भाषाका सचेतनामुलक सामाजिक गीत रौतहट जिल्लाका कटहरीया, मौलापुर, फतुवा बिजयपुर लगायतस्थानमा छायाँङ्कन सम्पन्न भएको छ ।

यी गीत छिटै युटुवसंग बजारमा आउने कलाकार विजय यादव निर्विजले जानकारी दिएका छन् ।

समाज विकासको अभिन्न अंगको रुपमा महिलाहरु सहभागीता अति आवश्यक रहेको हुनाले महिलाहरुलाई अधिकार सम्पन्न बनाउने, बालबिवाह, दाइजो प्रथा, छोरीलाई छोरासरह पढाउने जस्ता चेतना गराउने उदेश्यका साथ अगाडि बढेका नेकपा प्रदेश नं. २ का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहको विशेष पहलमा यी गीतहरु निर्माण हुने लागेको हो ।

नेपालका प्रख्यात निर्देशक पुरनेन्दु झाको निर्देशन तथा नेपाली सुपरस्टार नायिका केकी अधिकारी र विजय यादव निर्विज लगायतका कलाकारहरुको अभिनय रहेको यो गीतमा चर्चित भोजपुरी गायिका ईन्दु सोनालीको स्वर रहेको छ । गीतमा रौतहटकै गितकार उपेन्द्र सहनीको शव्द रहेको छ भन्ने छायाँकन केमरा पर्सन आलोक सुक्ला र कोरीयोग्राफि राजीव कुमार कर्णले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्