‘हाउसफूल ४’ काे तहल्का, रिलिज अघि नै नाफा !



एजेन्सी : अक्षय कुमारले आफ्ना हरेक फिल्ममा पैसालाई कसरी रिकभर गर्ने भन्नेमा खुबै ध्यान दिने गर्छन् । यही कारण पनि अक्षय कुमार बक्स अफिसमा लगातार सफल भइरहेका छन् ।

फिल्मको विषय फरक छ भने उनी कम बजेट राख्छन् । यदि कमर्शियल तरिकाले बनाउने हो भने बजेटमा पनि ध्यान दिन्छन् । उनी यो विषयमा निर्मातासँग पहिले पनि कुरा गर्ने गर्छन् ।

दिपावलीको अवसर पारेर रिलिज हुने अक्षयको ‘हाउसफूल ४’ रिलिज अघि नै नाफामा पुगेको भारतीय मिडियाले लेखेका छन् । फिल्ममा अक्षय कुमारसँगै बबी देओल, रितेश देशमुक, कृति सेनन, राणा दग्गुबाती लगायतका कलाकार छन् ।

फिल्ममा पुनर्जन्मको कथा देखाइएको छ । भीएफएक्सको पनि प्रयोग गरिएको छ । जसकारण लाग्छ कि, यो फिल्म महंगो बजेटमा बनेको छ । तर यो फिल्म जम्मा ८० करोडको हाराहारीमा बनेको हो ।

अक्षय कुमारका अनुसार यो रोयल कमेडी ड्रामाको बजेट ‘बाहुबली’ जस्तो महंगोमा निर्माण गरिएको होइन । अर्कातिर फिल्मले डिजिटल, म्युजिक, ओभरसिज र स्याटेलाइटस राइटस् गर्दा फिल्मको लगानी उठाइसकेको भारतीय मिडियाले जनाएका छन् ।

साजिद नाडियाडवालाको प्रोडक्सनमा बनेको मल्टिस्टारर फिल्ममा शीर्ष कलाकार डबल रोलमा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्