मेलम्ची छाड्दै सिएससी



काठमाडौं : सरकारले दिन तोकेर काठमाडौंमा मेलम्चीको पानी खसाल्ने दाबी गरिरहेका बेला ठेकेदार कम्पनी सीएमसीले भने बीचमै ठेक्का छाड्ने तयारी गरेको छ ।मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सीएमसीले फन्ड सर्टेजको कारण देखाउँदै आयोजना छाड्न खोजेको हो ।

 

आयोजना छाडेको पत्र बुझाउन ठेकेदार कम्पनीका प्रतिनिधि आइतबार आयोजनाको कार्यालय पनि पुगेका थिए । तर खानेपानी मन्त्रालयको निर्देशनमा आयोजनाले पत्र बुझ्न नमानेको बताइएको छ ।

आइतबारै बीचमै काम छाडेर स्वदेश भाग्न खोजेका ठेकेदार कम्पनीका कामदार काठमाडौंबाट पक्राउ परेका थिए । उनीहरुले कम्पनीको अवस्था बिग्रेका कारण आफूहरु स्वदेश फर्कन चाहेको बयान दिएका छन् । कर्मचारी भाग्न खोज्नु र कम्पनीले काम छाडेको घोषणा गर्नु एकैपटक हुँदा कतै कर्मचारीलाई भाग्न लगाउनुमा कम्पनीकै हात त छैन भन्ने आशंका पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्