‘बादशाह जुट’को ट्रेलर सार्वजनिक (भिडियो)



काठमाडौं : चलचित्र ‘बादशाह जुट’को कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ ।

कात्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरेको यस चलचित्रको शिर्ष भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् । यी दुईले नै आफूलाई बादशाह कल्पना गर्ने कहानीलाई उठाइएको ट्रेलरमा देख्न सकिन्छ ।

जोन सिंह रानाले निर्देशन गरेको यस चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्